नेपाली बजारमा बजाज मोटरसाइकलको २५ वर्ष पूरा, ल्यायो आकर्षक अफर

नेपाली बजारमा बजाज मोटरसाइकलको २५ वर्ष पूरा, ल्यायो आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आकर्षक अफर ल्याएको छ । 

नेपाली बजारमा भित्रिएको २५ वर्ष पूरा भएको अवसरमा कम्पनीले आकर्षक अफर ल्याएको हो । सो अफर अन्तर्गत २५ प्रतिशत डाउन पेमेन्टमा बजाज मोटरसाइकल उपलब्ध हुनेछ । बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिने छ ।

यसैगरी कुनै पनि मोटरसाइकल किन्दा १० हजार रुपैयाँ स्योरसट छुट उपलब्ध हुनेछ भने २५ जनालाई १ किलोग्राम चाँदी उपलब्ध गराइने कम्पनीले छ । नयाँ वर्ष २०८० लाई समेत लक्षित गरी सो अफर ल्याइएको हो ।

सन् १९९८ देखि नेपाली बजारमा बिक्री–वितरण गर्न सुरु भएको बजाज मोटरसाइकल अहिले पनि सर्वाधिक रुचाइएको पाइन्छ । हाल १ लाख ९५ हजार ९ सय रुपैयाँ मूल्यको बजाज प्लाटिना देखि ६ लाख ५४ हजार रुपैयाँ मूल्यको डोमिनार एबीएस बीएस६ सम्मका १९ मोडलका मोटरसाइकल बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

Logo