आज कृषि बिकास बैंकको साधारणसभा, १३ प्रतिशत लाभांस पारित हुदैँ

आज कृषि बिकास बैंकको साधारणसभा, १३ प्रतिशत लाभांस पारित हुदैँ

केन्द्रबिन्दु
0
Shares

कृषि विकास बैंक लिमिटेडले १६ औं वार्षिक साधारण आज बस्दैछ। कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्न लागेको साधारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गर्ने कार्यतालिका रहेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ  ।

फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुक क्लोजको मिति तोकेको बैकको  साधारणसभामा  फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउने र्बैकले जनाएको छ ।

Skip This
Skip This
Logo