सुरु भएको पहिलो महिनामै १ लाख नाघे ‘हाम्रो पे’का प्रयोगकर्ता

सुरु भएको पहिलो महिनामै १ लाख नाघे ‘हाम्रो पे’का प्रयोगकर्ता

केन्द्रबिन्दु
0
Shares

नेपालकै लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे सुरु भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्। 

हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिने भएकाले प्रयोगकर्ताको आकर्षण उल्लेख्य देखिएको हो। हाम्रो पे विशेषगरी मोबाइल टपअप, बिजुली, खानेपानी, इन्टरनेट, टीभी लगायतको बिल तिर्न बढी प्रयोग हुन थालेको छ। यस बाहेक नेपाल पे क्यूआर राखिएका मर्चेन्ट, विभिन्न सुपर स्टोर तथा ग्रोसरी स्टोर लगायतका स्थानमा समेत हाम्रो पात्रोबाटै भुक्तानी गर्न सकिन्छ। 

प्रयोगकर्ताले एपमा रहेको ‘स्प्लिट एण्ड पे’ फिचर निकै रुचाएको कम्पनीले  जनाएको छ। यो फिचर साथीहरूबीच मिलेर बिल तिर्नका लागि उपयोगी छ। हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ कम्पनीले गत ५ फागुनमा डिजिटल भुक्तानी सेवाका रुपमा हाम्रो पे ल्याएको थियो। 

जसमा ‘स्प्लिट एण्ड पे’का साथै कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउन खर्च ट्र्याक गर्ने, विभिन्न छ ओटा स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक फिचर समेत रहेका छन्। त्यस्तै प्रयोगकर्ताको सहजताका लागि 'लाइभ च्याट सपोर्ट’ समेत उपलब्ध छ। हाम्रो पेलाई आगामी दिनमा हाम्रो पात्रोमा उपलब्ध हुने मिनी एपमार्फत गरिने खरिदको भुक्तानीमा समेत प्रयोग गर्न सकिने छ।

Skip This
Skip This
Logo