एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ इलेक्ट्रिक भेरिएन्टको एसयूभी एमजी जेडएसको प्रि-बुकिङ खुल्ला गरेको छ ।
बैशाखबाट डेलिभरी गरिने यस एसयूभी एमजी जेडएस छिट्टै नेपाली बजारमा भित्र्याउने तयारीका बीच यस कम्पनीले प्रि–बुकिङ पनि खुल्ला गरेको हो । बजारमा एमजी जेडएस ईभीको कम्फर्ट भेरिएन्ट र डिलक्स भेरिएन्टमा उपलब्ध यसको मूल्य क्रमशः ४८ लाख ४९ हजार रुपैयाँ र ५२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । हाल सो एसयूभीलाई १ लाख रुपैयाँ डिपोजिट गरेर बुक गर्न सकिनेछ ।
९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको यस इलेक्ट्रिक भेरिएन्टको एसयूभीले २८० एनएमको अधिकतम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको ब्याट्रीले सिंगल चार्जमै ३२० किलोमिटरको वाइड रेन्ज प्रदान गर्नेछ । यस ब्याट्री वारेन्टी भने ८ वर्षको हुनेछ ।
सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु उपलब्ध रहेको यस मनोरन्जनको लागि प्रिमियम पानोरमिक सनरुफ र डीएबी रेडियो पनि हुनेछ । साथै ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम पनि जडान गरिएको छ ।
कम्पनीका अनुसार ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध गराइएको एसयूभीमा वायरलेस फोन चार्जिङ, किलेस इन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरको लागि ६वे र फ्रन्ट प्यासेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरूलगायत फिचर पनि छन् ।































प्रतिक्रिया