नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबैतिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि सम्यमता अपनाउन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
बुधवार काठमाडौंमा पुँजीबजार लगानीकर्ता संघहरुले आयोजना गरेको ‘समृद्ध नेपालको आधारः पुँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । उनले सरकारले पुँजीबजारको दिगो विकास र विस्तारको लागि धेरै काम भइरहेको भन्दै पुँजीबजारमा सुनौलो दिन आउने बताए ।
उनले पुँजीबजार विभिन्न कारणले चापमा रहेको भन्दै यस्तो अवस्थामा लगानीकर्ताहरु निराशा नभएर सम्यमता अपनाउन आग्रह गरे । उनले पुँजीबजार अहिले लगानीकर्ता निराश हुने गरी घट्ने अनुमान नगरिएको बताए ।
अध्यक्ष हमालले विश्व अर्थतन्त्रमा देखिएको संकटका कारण बजारमा बैंकिङ तरलता अभाव लगायतको कारण पुँजीबजारमा पनि प्रभाव परेको बताए । उनले अर्थतन्त्रमा चाप रहेको भन्दै पूँजी बजारमा पनि चाप रहेको दाबी गरे । सरकारको पँजीगत खर्च वृद्धि गर्न नसक्दा बजारमा तरलता अभाव भएको भन्दै पुँजीबजार समेत असर गरेको उनले उल्लेख गरे ।
अध्यक्ष हमालले अब पुँजीबजारमा कसैले पनि इन्साइडर ट्रेडिङ गर्न नसक्ने बताए । बोर्डले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारवाही गर्न थालिएको उनले बताए । उनले एउटा बजारमा इन्साइडर ट्रेडिङ गर्नेलाई सरकारी वकिलको कार्यलयमा मुद्दा दर्ता भएको बताए ।
शेयर बजारको सुधार र स्थायित्व ल्याउनको लागि आफू लगानीकर्ताको पक्षमा रहेको अध्यक्ष हमालले बताए ।





























प्रतिक्रिया