कुमारी बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ ।
बैंकको शाखा कार्यालय कुपण्डोल ललितपुरबाट कर्जा लिएर पटकपटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेपछि धितो बिक्री गरेर ऋण असुल गर्ने तयारी गरेको हो ।
बैंकका अनुसार नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जमा दर्ता कायम रहेको ना ७ ख ४३२ नम्बरको टाटा मोटर्स एमसीभी एयर बस र बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय ललितपुरमा दर्ता कायम रहेको बा १६ च ६०३९ नम्बरको महिन्द्रा स्कोर्पियो एसटु टुडब्लुडी बिक्री गर्न लागिएको हो ।
बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले इच्छुक ब्यक्ति, फर्म तथा कम्पनीलाई ३५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरिएको छ ।





























प्रतिक्रिया