पहिलो कारोबार दिन दोहोराे अंकले घट्याे सेयर बजार

पहिलो कारोबार दिन दोहोराे अंकले घट्याे सेयर बजार

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोराे अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५.७५ विन्दुमा पुगेको छ। यसअघि गत साताकाे अन्तिम काराेबार दिन बिहीबारको कारोबारमा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यसैगरी, नेप्से सुचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८९ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ । 

सिवम् सिमेन्ट दोश्रो स्थानमा छ । उक्त कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै ट्रेडिङ सुचक कम्पनीमा २.५८ प्रतिशतले गिरावट आएको छ । 

आजको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। 

Skip This
Skip This
Logo