दोल्ती पावरले २८ चैतदेखि आईपीओ निष्कासन गर्ने

दोल्ती पावरले २८ चैतदेखि आईपीओ निष्कासन गर्ने

केन्द्रबिन्दु
0
Shares

दोल्ती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो।

जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गर्ने छ। यसमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता छुट्याइएको छ।

यस कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ।

साथै बाँकी १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आईपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ।
 

Skip This
Skip This
Logo