चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ -ज्योत्सना श्रेष्ठ

चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ -ज्योत्सना श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताएकी छन् । 

आईतवार रामचन्द्र संघाईको प्यानल घोषणा पछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार श्रेष्ठले निर्वाचन जित्नको लागि रामचन्द्र संघाईको समूहमा सहज भएका कारण संघाईको समूह रोजेको बताएकी हुन् । 

उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले पत्रकारहरुको सुझाव दिने भनेर बोलाइ योजना नबनाई टिम घोषणा गरेको बताइन् । उनले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहन सहज हुने बताइन् । 

संघाईको समूहमा सहज लागेकाले श्रेष्ठको समूह छोडेको पनि उम्मेदवार श्रेष्ठले बताइन् । उनले श्रेष्ठ समूहलाई भनेर नै आफूलाई सहज लाग्ने ठाउँमा आएको भन्दै श्रेष्ठको समूहलाई छोडेर आउँदा धोका दियो भन्न नमिल्ने बताइन् । 

उनले एउटै समूहका सबैजना एउटै पदमा उठ्न नमिल्ने र एशोसिएट उपाध्यक्षमा तीन नभइ दुई मात्रै उम्मेद्वार निर्वाचनमा जाने वातावरण बनाउन आएको बताइन् । 
 
उम्मेदवार श्रेष्ठले सकारात्मक सोचका साथ श्रेष्ठको प्यानल छाडेर संघाईको प्यानलमा आएको बताइन् । उनले अहिले घोषणा भएका तीन वटै टिम बलियो रहेको भन्दै मतदात व्यवसायीहरुको समस्यामा नेतृत्वदायी भुमिका खेल्नसक्ने टिमलाई मतदान गर्न आग्रह गरिन् । 

गत फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अञ्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिइन् । तर निर्वाचन नजिक आएसँगै अञ्जनको टिम छोडेर संघाईको समूहमा प्रवेश गरेकी छन् । 

महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । संघाईको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैध,वस्तुगत तर्फ सकुन्तलाल हिराचन र एशोसिएटतर्फ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ छन् । 

Logo