ग्रेटवाल मोटरले ल्यायो नयाँ वर्ष अफर, एउटै गाडीमा ५ लाखसम्म फाइदा

ग्रेटवाल मोटरले ल्यायो नयाँ वर्ष अफर, एउटै गाडीमा ५ लाखसम्म फाइदा

केन्द्रबिन्दु
0
Shares

ग्रेटवाल मोटर (जीडब्ल्युएम) गाडीको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले नयाँ वर्षको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । 

‘हर्षमय नव वर्ष २०८०’ नामक यस अफरअन्तर्गत ग्राहकले जीडब्ल्युएमका सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख बराबरको फाइदा उठाउन सक्नेछन् । जसमा आकर्षक नगद छुटका साथै स्पेशल सेलिब्रेशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू पाउन सकिनेछ । 

साथै, ग्राहकले हरेक जीडब्ल्युएम गाडीको खरिदमा निःशुल्क एसेसरिज, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन, एक्सचेन्ज बोनस र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउने कम्पनीले जनाएको छ । 

यो अफर सिमित अवधिको लागि रहेको बताइएको छ । 

Skip This
Skip This
Logo