रकम अभावले रोकिएको मदन भण्डारी राजमार्गको सुनसरी–झापा खण्डको कामले पुनः गति लिएको छ । ठेकेदार कम्पनीहरुलाई भुक्तानी दिन नसक्दा राजमार्गको सुनसरी, मोरङ, झापा र इलाम खण्डमा काम रोकिएको थियो ।
सभामुख देवराज घिमिरेले आयोजनाका काम रोकिएकोमा चासो व्यक्त गर्दै आर्थिक फुकुवाका लागि पहल गरेका हुन्। ‘हामी आर्थिक संकटमा थियौं, एक अर्ब रुपैयाँ ठेकेदार कम्पनीलाई दिन बाँकी थियो,’ मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय दमकका प्रमुख सुवोध देवकोटाले भने, ‘सभामुखज्यूले पहल गरेका कारण ५० करोड रुपैयाँ फुकुवा भएको छ । रोकिएको काम फेरि सुचारु भएको छ ।’
प्रमुख सुवोध देवकोटालाई सभामुख घिमिरेले रकम अभावका कारण आयोजना नरोकिने बताउँदै पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।‘सभामुखज्यूको पहल र अभिभावकत्वले हामीलाई काम गर्न ऊर्जा मिलेको छ,’ उनले भने ।
‘सभामुखज्यूले पहल गरेका कारण ५० करोड रुपैयाँ फुकुवा भएको छ । रोकिएको काम फेरि सुचारु भएको छ ।’
देवकोटाका कारण आयोजनाको दमकस्थित योजना कार्यालयले आर्थिक समस्याबारे सभामुखलाई भेटेरै समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको थियो । दमकस्थित कार्यालयले धरानको सर्दुखोलादेखि पानमारा, केराबारी, लेटाङ, मधुमल्ला, बेलडाँगी, चुलाचुली, दानाबारी, सुखानी शाहादतस्थल, शान्तिनगरदेखि बाहुनडाँडीसम्म हेर्ने गरेको छ ।

देवकोटाका अनुसार १० अर्ब १३ करोड २३ लाख रुपैयाँमा यस क्षेत्रको सम्झौता भएको थियो । त्यसमध्ये ४८ दशमलव १२ प्रतिशत प्रगति हासिल भएको छ ।
२०८१ सालमा योजना सम्पन्न गर्ने लक्ष्य राकिएको राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग २०७७ सालदेखि सुरु भएको थियो । देवकोटाका अनुसार १० अर्ब १३ करोड २३ लाख रुपैयाँमा यस क्षेत्रको सम्झौता भएको थियो । त्यसमध्ये ४८ दशमलव १२ प्रतिशत प्रगति हासिल भएको छ । ‘चालू आर्थिक वर्षमा ९९ प्रतिशत प्रगति हासिल भएको छ,’ उनले भने ।
निर्माणाधिन ९५ किलोमिटरमध्ये २ दशमलव ४ किलोमिटर कालोपत्रे भएको छ । ३७ मध्ये ४ वटा पुल निर्माण सम्पन्न भइसकेको छ ।































प्रतिक्रिया