आयल निगमको प्रवक्ताको जिम्मेवारी मनोजकुमार ठाकुरलाई

आयल निगमको प्रवक्ताको जिम्मेवारी मनोजकुमार ठाकुरलाई

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमको प्रवक्ताको जिम्मेवारी मनोजकुमार ठाकुरलाई तोकिएको छ । यसअघिका प्रवक्ता ईन्जिनियर बिनितमणि उपाध्याय निर्देशक पदमा बढुवा भएसँगै निगममै कार्यरत अर्का ईन्जिनियर ठाकुरलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो । 

‘निगमले गर्ने दैनिक कार्यहरुको जानकारी आम उपभोक्तासमक्ष नियमित रुपमा दिई निगमको संस्थागत सुशासन तथा पारदर्शिता कायम गर्नु निगमको दायित्व हो । यस कार्यलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले निगमको प्रवक्ता, सह–प्रवक्ता तथा सूचना अधिकारी तोक्ने प्रचलन अनुसार निगम व्यवस्थापनको चैत २० गतेको निर्णयानुसार तपाईंलार्य विभागको नियमित कार्यको अतिरिक्त निगमको प्रवक्ता तथा सूचना अधिकारी तोकिएको व्यहोरा जानकारी गराइएको छ ।’ निगमले सोमबार गरेको निर्णयमा उल्लेख छ । 

तीन वर्षदेखी प्रवक्ताको रूपमा कार्यरत उपाध्यायलाई गत पुसको पहिलो साता निगमको व्यवस्थापनले १०औं तहको निर्देशक पदमा बढुवा गरेको थियो । 

आज आफ्नो जिम्मेवारी नयाँ प्रवक्तालाई सुम्पिएको जानकारी गराउँदै उपाध्यायले सूचना प्रवाहका लागि सहयोग गर्ने सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् । 

उनले भनेका छन्, ‘निगमसम्बन्धि समाचार एवं सूचनाहरु आम जनता माझ पुर्याउन यहाँहरुले खेल्नु भएको भूमिकाको प्रशंसा गर्दै प्रवक्ताको भूमिकामा रहँदा यहाँहरुले पुर्याउनु भएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

Skip This
Skip This
Logo