सरकारले गर्‍याे सुराकी खर्च खारेज

सरकारले गर्‍याे सुराकी खर्च खारेज

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका लागि आफूखुसी खर्च गर्न पाउने व्यवस्थालाई सरकारले खारेज गरेकाे छ ।

आज बसेको क्याविनेट बैठकले शान्ति सुरक्षासम्बन्धी व्यवस्था अनुसार जासुसी परिचालनमा हिसाब किताब गर्न नपर्नेगरी रकम लिन पाउने कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयको पदभार सम्हालेलगत्तै सुराकी परिचालनमा हुँदै आएको उक्त खर्च खारेज गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा क्याविनेटमा यो प्रस्ताव लगिएको हो ।

Logo