सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मेलन सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मेलन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मेलन २०२३ सम्पन्न भएको छ । 

काभ्रेको धुलिखेलमा सम्पन्न कार्यक्रममा २०२३ का लागि मनोनित एमडीआरटीहरुलाई सम्मान गरिएको थियो । साथै सीओटी गौरवकुमार शाही र टीओटी कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गरिएको थियो । 

टीओटी घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सम्मान हस्तान्तरण गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनीको २०८० सालको क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो । 

क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्वीरहरु समावेश गरिएको छ । आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला यस कार्यक्रमबाट मिलेको टीओटी शाहीको प्रतिक्रिया थियो ।

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए ।

चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको यस कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरूबाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ।

Logo