निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उद्योगी व्यवसायीहरु अहिले चुनावी महाभिडन्तमा छन् । यही चैत २९ गते हुन लागेको निवार्चनमा उद्योगी व्यवसायीहरु विभिन्न प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन् । सबै उम्मेदवारले आफ्नो टिमसहित उम्मेदवारी दर्ता पनि गरिसकेका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष जित्नु भनेको भावी अध्यक्ष बन्नु हो । त्यसैले सबै उम्मेदवार वरिष्ठ उपाध्यक्षमा जीत हात पार्न चाहन्छन् ।
अहिले सबै उम्मेदवारहरु प्रतिनिधीहरुसँग भोट माग्ने र आफ्नो पक्षमा लिने कार्यमा व्यस्त छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीन जना उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । महासंघको वरिष्ठ उपाध्यक्ष जित्नु भनेको भावी अध्यक्ष बन्नु हो । त्यसैले सबै उम्मेदवार वरिष्ठ उपाध्यक्षमा जीत हात पार्न चाहन्छन् । वरिष्ठ उपाध्यक्षका लागि व्यवसायीहरु अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई मैदानमा छन् । उनीहरुले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।
महासंघमा बरिष्ठ उपाध्यक्षकै नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने गरेको छ । उमेदवारहरु आफ्नो पक्षमा माहोल तान्न हदसम्म प्रयास गरिरहेका छन् । वरिष्ठ उपाध्यक्षमा अञ्जन, रामचन्द्र र उमेशमा को बलियो ?
- अञ्जन श्रेष्ठ

एफएनसीसीआईका वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले यसअघि निर्वाचनमा वस्तुगत उपाध्यक्षको पदमा उमेशलाल श्रेष्ठलाई पराजित गरी अत्यधिक मतले विजयी भएका थिए । अर्कोतर्फ महासंघमा रहेर विगत २० वर्षदेखि व्यवसायीको हक हितमा काम गरेको आधारमा पनि उनी सबै भोटरले आफूलाई नै भोट दिएर जिताउनेमा विश्वस्त देखिन्छन् । उनले ठूलो व्यवसायी गृह लक्ष्मी ग्रुपको नेतृत्व गरिरहेका छन् ।
महासंघमा रहेर विगत २० वर्षदेखि व्यवसायीको हक हितमा काम गरेको आधारमा पनि उनी सबै भोटरले आफूलाई नै भोट दिएर जिताउनेमा विश्वस्त देखिन्छन् ।
उनको टिममा जिल्लानगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान रहेका छन् । उनले आफ्नो टिममा एसोसिएट उपाध्यक्षमा जोत्सना श्रेष्ठलाई राखेका थिए । तर, अन्तिम समयमा अञ्जनको टिम छाडेर जोत्स्ना रामचन्द्र संघाईको टिममा गएर आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।
त्यसैले उनले आफ्नो टिम भने पुरा गर्न सकेनन् । एसोसिएटमा आफ्नै उम्मेदवार खडा गर्न नसकेपछि उमेशलाल श्रेष्ठको टिमको भरतराज आर्चायलाई समर्थन गर्ने भएका छन् ।
- उमेशलाल श्रेष्ठ
एफएनसीसीआईका पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ यसअघिको निर्वाचनमा अञ्जन श्रेष्ठसँग वस्तुगत उपाध्यक्षमा पराजित भएका थिए । उनै श्रेष्ठले यसपटक पनि वरिष्ठ उपाध्यक्ष पदका लागि अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईसँग प्रतिस्पर्धा गर्ने छन् । क्वेष्ट फर्मास्युटकल्सको नेतृत्व सम्हाल्दै आएका श्रेष्ठ आफू एफएनसीसीआईमा विगत ३० वर्षदेखि व्यवसायीको समर्थनमा रहेर काम गरेको दाबी गर्छन् । श्रेष्ठले दुई महिनाअघि नै चुनावी कार्यालय खोलेर गृहकार्य गरिरहेका छन् ।
क्वेष्ट फर्मास्युटकल्सको नेतृत्व सम्हाल्दै आएका श्रेष्ठ आफू एफएनसीसीआईमा विगत ३० वर्षदेखि व्यवसायीको समर्थनमा रहेर काम गरेको दाबी गर्छन् ।
जिल्लानगर, बस्तुगत र एसोसिएटमा आफ्नो राम्रो पकड भएकाले उनी पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनले आफ्नो टिममा राम्रो उम्मेदवारलाई समेटेका छन् । जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट उपाध्यक्षमा भरत आचार्य रहेका छन् ।
- रामचन्द्र संघाई
.jpg)
अघिल्लो निर्वाचनमा रामचन्द्र संघाईले एसोसिएटतर्फ उपाध्यक्षमा जित हात पारेका थिए । नेपालको प्रतिष्ठित व्यापारिक घराना त्रिवेणी ग्रुपका सञ्चालकसमेत रहेका संघाईले आफूले वरिष्ठ उपाध्यक्ष पदमा सहजै जित्ने दाबी गर्दै आएका छन् । उद्योगी व्यवसायीहरुले नै आफूलाई चुनावमा उठ्न प्रेरित गरेको र विगतमा काम गरेको आधारमा सबै व्यवसायीले आफूलाई भोट दिनेमा उनी ढुक्क देखिएका छन् । संघाईले एसोसिएट उपाध्यक्षमा जोत्सना श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचनलाई आफ्नो टिममा समेटेका छन् ।
उद्योगी व्यवसायीहरुले नै आफूलाई चुनावमा उठ्न प्रेरित गरेको र विगतमा काम गरेको आधारमा सबै व्यवसायीले आफूलाई भोट दिनेमा उनी ढुक्क देखिएका छन् ।
यस्तै, सबै उम्मेदवारले आफूले जित्ने दाबी गरेपनि महासंघजस्तो संस्थामा क्षमताका आधारमा उम्मेद्वारको चयन हुने भएपनि जसरी राजनीतिले अर्थ राख्छ, त्यसैगरी जातीय कुराले पनि महत्व राख्छ । नेपालको व्यापार व्यवसायमा खासगरी माडवारी र नेवार समुदाय हावी छन् । त्यसैले यी दुई समुदायको ठूलो भोट छ । जसले समावेशी टिम बनाएको छ उसले यी दुई समूहको भोट तानी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नसक्ने देखिन्छ । अहिलेसम्मको अवस्था हेर्दा तीन जनाकै समूह बलियो रहेको पूर्वअध्यक्षहरु बताउँछन् । त्यसैले अन्तिम समयमा आएर स्वत अध्यक्ष हुँदै गरेका चन्द्र ढकालले जसलाई सहयोग गर्छन् उसैको पल्ला भारी हुने अनुमान गर्न सकिन्छ ।
तर, यता चन्द्र ढकाल भने अहिलेसम्म कुनै पनि उम्मेदवारको पक्षमा खुलेका छैनन् । उनले महासंघको कार्यकारी बैठकमा भनेका छन्, “म विधानअनुसार स्वतः अध्यक्ष हुँदैछु, अध्यक्ष भइसकेको व्यक्तिले कसैको पक्षमा बोल्नु उचित हुँदैन्, तपाईंहरु आफ्नो तरिकाले चुनाव उठ्नुहोस्, जसले जित्नुहुन्छ त्यही मेरो टिम हो, सबैलाई मिलाएर अघि बढ्छु ।”
ढकालको समर्थन पाउन वरिष्ठ उपाध्यक्षका सबै उम्मेदवार लागी परेका छन् । तसर्थ ढकालले अन्त्यमा जसलाई सहयोग गर्छन उसकै पक्षमा नतिजा आउने देखिन्छ । महासंघको वाहिरी राजनीतिमा खुलेर नदेखिए पनि चन्द्र ढकालले उमेशलालको प्यानललाई सहयोग गर्ने ओपन सेक्रेट जस्तै छ ।
अघिल्लो पटकको निर्वाचनमा एउटै प्यानल बनाएर चुनावी भिडन्त होमिएको सम्बन्ध र त्यसबेलानै अर्को पटक उमेशलाल श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षको निर्वाचनमा सहयोग गर्ने विश्वास दिलाएका कारण चन्द्र ढकालले जिताउने विश्वास दिलाएको बताइन्छ । अहिले उमेशलालको प्यानलमा सातै प्रदेशका अध्यक्षहरुले ऐक्यवद्धता जनाउनुका पछाडी चन्द्र ढकालको हात रहेको स्रोतले बताएको छ ।





























प्रतिक्रिया