पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान दुःखी भएका छन्।
नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार मङ्गलबारदेखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाएको छ। अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
सङ्घका अध्यक्ष जङ्गबहादुर बेल्बासेका अनुसार जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ। ४०० रुपियाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपियाँ पुगेको उनले बताए।
पोल्ट्री व्यवसायीले किसानको खोरबाट प्रतिकेजी २८० रुपैयाँमा खरिद गरी ३९० मा बेच्ने गरेका छन्। तर नेपाल कुखुरा किसान सङ्घका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यवसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने बताए। सङ्घले फागुनमै मासुको मूल्य वृद्धि गरेको थियो । हाल देशभर मासुको खपत साढे पाँच लाख केजीभन्दा बढी छ।































प्रतिक्रिया