नेपाली बजारमा सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ। बुधवार एक लाख ११ हजार रुपैयाँमा कारोवार भएको सुन आज एक लाख १० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ।
साथै तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ। यता चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ।





























प्रतिक्रिया