टोयोटाले ‘नयाँ वर्ष नयाँ टोयोटा’ आयोजना गर्दै

टोयोटाले ‘नयाँ वर्ष नयाँ टोयोटा’ आयोजना गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रव्यापी अपग्रेड इभेन्ट ‘नयाँ वर्ष नयाँ टोयोटा’ आयोजना गर्दैछ ।

नजिकिदै गरेको नयाँ वर्ष परिवारको लागि ठूलो उपहार प्राप्त गर्ने उत्तम समय भएको र यसैलाई ध्यान दिएर सो अवसरमा अपग्रेड इभेन्ट आयोजना गर्न लागेको कम्पनीले जनाएकाे छ ।  

सो इभेन्ट चितवन, पोखरा, विराटनगर, धनगढी लगायत काठमाडौँ उपत्यकाभित्र रहेका टोयोटाका सबै आउटलेटमा हुने बताइएको छ । सो इभेन्ट आगामी अप्रिल ९ देखि १३ अर्थात चैत २६ देखि ३० गते सम्म हुनेछ ।

टोयोटाको भिजन ‘मोबिलिटी फर अल’ लाई समर्थन गर्दै, यूटीएसले ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज प्लान र सवारी साधनलाई वृद्धि गर्ने सुनौलो अवसर प्रदान गर्न यो कार्यक्रम ल्याएको बताएको छ ।

टोयोटाले आफ्ना ग्राहकहरूलाई इजी बैंक फाइनान्स, फ्री रोड ट्याक्स, फ्री इन्स्योरेन्स, सर्भिसमा २० प्रतिशत सम्म छुट जस्ता विभिन्न अफरहरू उपलब्ध गराउँदै आएको छ ।

Logo