फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेइकलले टुनल्याण्ड पिकअप गाडीहरूको लागि नयाँ वर्षको आकर्षक अफर ल्याएको छ।
‘फ्युल योर एम्बिसन, ओउन योर टुनल्यान्ड’ नामक यो अफर अन्तर्गत ग्राहकहरूले ९.९९ प्रतिशतको कम ब्याजदर र न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारी साधनको खरिद गर्ने अवसर पाउनेछन् ।
सो अवसरमा एमएडब्ल्यू वृद्धि कमर्सियल भेइकलका सेल्स हेड नवीन आचार्यले यो अफरले ग्राहकहरुका लागि विशेष खुसियाली ल्याउनेमा विश्वस्त रहेको बताएका छन् । अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज विकल्प पनि समावेश गरिएको बताइएको छ ।
यो आकर्षक अफरसँगै ग्राहकहरूले अधिकतम कम मूल्यमा टुनल्याण्ड पिकअप गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया