सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा भएको छ । सुर्खेत भेरीगङ्गा नगरपालिका ३ की लक्ष्मी सुनारले प्रहरीमा जागिर लगाइदिने तथा शान्ति सेनामा पठाइदिने आश्वासन दिएर आफूबाट करिब ४८ लाख रुपैयाँ ठगी भएको बताएकी छन् ।
पत्रकार सम्मेलन गर्दै पीडितले जाजरकोट स्थायी ठेगाना बताउने किरण शाही ठकुरीले आफूसहित १८ जनाको ४८ लाख रुपैयाँ ठगी गरेको बताएकी छन्। शाहीले आफ्नो श्रीमानसहित अन्य पाँच जनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्ति तीन लाख रुपैयाँको दरले पैसा लिएर फरार भएको पीडित सुनारले बताइन् ।
सुनिल बिक, सन्देश सुनुवार, मोहन घर्ती, अर्जुन बुढा, दीपक नेपाली, रेशम नेपालीलाई सेनामा भर्ती गरिदिने भन्दै प्रतिव्यक्ति ३ लाख रुपैयाँ असुलेको समेत उनले बताएकी छिन् ।
त्यस्तै, प्रहरी जवानमा भर्ती गरिदिने भन्दै शान्ति परियार, समीर खत्री, सुदीप बिक, नवीन बिक, सुरज यादवलगायतका व्यक्तिहरुसँग समेत शाहिले पैसा लिएको पीडितले बताएकी छन् ।





























प्रतिक्रिया