सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा रहेकाे  छ । २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री खुला गरेका छन् ।

बैंकले संस्थापक सेयरधनी रजनी प्रधानको नाममा रहेको ७० हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्री खुला गरेको हो । उक्त सेयरमा अवेदन भने सिद्धार्थकै संस्थापक सेयरधनीले दिन सक्नेछन् भने यसको मूल्य भने तोकिएको छैन । 

यसमा सेयर खरिद गर्न इच्छुक जो कोहीले चैत २६ गते गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौँ, कम्पनीको सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।  बैंकका अनुसार उक्त अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।
 

Skip This
Skip This
Logo