अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका छन् ।
आईतवार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका हुन् । उनले अर्थतन्त्रमा देखिका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागि रहेको बताए ।
अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताए । उनले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर,पुँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे ।
उनले मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको स्वीकार गरे । विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरेपनि उत्साहजनक रुपमा संकलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था नभएको उनले बताए ।
अर्थमन्त्री महतले मुलुकको राजश्व संकलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताए । उनले सरकारलाई साधरण खर्च ध्यान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर भएको उल्लेख गरे । सरकारलाई साधरण खर्च ध्यान्न आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर हुनु उपयुक्त नभएको उनले बताए ।
उनले साधरण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिको लगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताए । बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाईले सिर्जना गरेका परिस्थितिका कारणले अर्थतन्त्रमा कही अफ्ठ्याराहरु आएको उनले बताए ।
उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने बताए । उनले निराशाको परिस्थितिलाई आशामा रुपान्तरिणत गर्ने लक्ष्यकासाथ काम गरिरहेको बताए ।
सरकारको साधरण खर्चलाई अत्यन्त कम गर्नेगरी काम गर्ने उनले बताए । उनले सरकारको दायित्व भित्र रहेका तलव, भत्ता,शिक्षा,स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताए ।
अर्थमन्त्री डा. महतले बजेटको प्रभावकारीता कार्यान्वयन गर्ने र उत्पादनशिल क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बता । उनले सरकारको भूकम्पमा लिएको वैदेशिक ऋणको दायित्व बढ्दै गएको बताए ।
त्यस्तै, उनले सामाजिक सुरक्षा भत्तामा सरकारले गरिबीको रेखामुनी रहेकाहरुलाई राज्यले सहयोग गर्ने उद्देश्यले विगतदेखि निरन्तरता दिएको भन्दै देशको साधन स्रोत बिना गर्न नसक्ने बताए । उनले पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सरकारले सामाजिक दायित्वहरुलाई बढाएर लैजान नसक्ने बताए ।
अर्थमन्त्री डा. महतले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि,वैदेशिक तथा आन्तरिक लगानी प्रवद्र्धन हुनुपर्ने बताए । उनले वैदेशिक ऋणलाई समयमा नै कार्यान्वयन गर्नुपर्ने बताए । सरकारको राजश्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने उनले बताए ।





























प्रतिक्रिया