‘वस्तुगतका समस्यालाई महासंघमार्फत सरकारमा पुर्‍याई समाधान गर्न मेरो उम्मेदवारी’ -हेमराज ढकाल

‘वस्तुगतका समस्यालाई महासंघमार्फत सरकारमा पुर्‍याई समाधान गर्न मेरो उम्मेदवारी’ -हेमराज ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले उच्च बैंक ब्याजदरका कारण मारमा परेका उद्योगी व्यवसायीको समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिएका उनले वस्तुगत संघका समस्यालाई महासंघमार्फत सरकारसमक्ष राखेर समस्या समाधान गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका हुन् । 

वस्तुगत संघका अध्यक्षहरुसँगको छलफल कार्यक्रममा ढकालले भने, ‘साना मझौला उत्पादनहरु, मौलिक उत्पादनहरु, वैकल्पिक ऊर्जा, उत्पादनमुलक उद्योग, सेवामुलक, पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रलाई महासंघसँग आवद्ध विभिन्न समिति, फोरम, परिषद्मा जोड्दै उक्त समस्या समाधान गर्नु नै मेरो पहिलो प्राथमिकता रहन्छ ।’

हाल वस्तुगत संघको क्षेत्राधिकार एकदमै न्यून रहेको भन्दै उनले आफू निर्वाचित भएर गएको खण्डमा तत्काल विधान संसोधन गरी अधिकार र दायरा बढाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

अहिले अवस्थामा उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकलमा ल्याउनुपर्ने उपाध्यक्षका प्रत्याशी ढकालको माग छ । ‘यस्तै राष्ट्र बैंकको अब्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतशितसम्म प्रिमियम जोड्दै आएका छन् यसलाई बढीमा २ प्रतिशत कायम गरिनुपर्छ ।’ उनले भने । 

साथै आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीले बैंकको किस्ता तिर्न नसक्ने अवस्था रहेको भन्दै चैतमा तिर्नुपर्ने किस्ता र ब्याजलाई कम्तीमा असार मसान्तसम्म सार्नुपर्ने पनि उपाध्यक्षका प्रत्याशी ढकालले माग राखेका छन् । 

Skip This
Skip This
Logo