सीजी डेभलपर्सले ललितपुरको बखुण्डोलमा होटल समिट प्रालिले निर्माण गरिरहेको परियोजनामा आफ्नो नाम जोडिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
बखुण्डोलमा शुक्रबार राति समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका थिए । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबास विहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्न उनीहरुले माग पनि गरेका थिए । जसमा सीजीको पनि नाम मुछिएको थियो ।
त्यसपछि सोमवार सीजीले परियोजनामा प्रत्यक्ष रुपमा व्यवस्थापनमा संलग्न नरहेको जानकारी गराउँदै सञ्चारमाध्यममा प्रकाशित समाचार र टिप्पणीहरू सत्य नभएकोमा ध्यानाकर्षण जनाएको हो । सो परियोजनामा आफ्नो एक तिहाईभन्दा कम सेयरका साथ सामान्य साझेदारको भूमिकामा मात्र रहेको सीजीले जनाएको छ ।
‘होटल समिटले विकास गरिरहेको परियोजनामा सीजी एक तिहाईभन्दा कम सेयरका साथ सामान्य साझेदारको भूमिकामा मात्र रहेको र परियोजनाको व्यवस्थापनमा संलग्न नरहेकोa स्पष्ट पार्न चाहान्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
सो क्रममा सीजी डेभलपर्सले नेपालका प्रतिष्ठित परियोजनाहरू काठमाडौं रेसिडेन्सी, एमभिआर, हरिसिद्धि र सीजी हिल्स हात्तिगौंडा निर्माण सम्पन्न गरि सम्वन्धित उपभोक्तालाई हस्तान्तरण गरिसकेको पनि जानकारी गराएको छ ।































प्रतिक्रिया