सानिमा बैंक र दराजबीच सहकार्य

सानिमा बैंक र दराजबीच सहकार्य

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले दराज नेपालसँग सहकार्य गरेको छ । बैंकले “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको हो । 

उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्ड मार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा सानिमा डोमेस्टिक डेबिट कार्डमा ८ प्रतिशतदेखि ५ सय रुपैयाँसम्म छुट पाइनेछ भने सानिमा डोमेस्टिक क्रेडिट कार्डबाट १० प्रतिशतदेखि ५ सय रुपैयाँसम्म छुट पाइनेछ । साथै सानिमा डोमेस्टिक डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत देखि २ सय रुपैयाँ छुट पाइने भएको छ । 

ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ । यो योजना चैत्र मंगलबार (भोलि) देखि आगामी वैशाख ७ गतेसम्म लागू हुनेछ । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

Logo