होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसरमा सरल फाइनान्स स्किममा स्कुटर खरिद गर्न पाउने अफर सार्वजनिक गरेको छ ।
उक्त स्किमअन्तर्गत ग्राहकले डीओ स्कुटर खरिद गर्दा तीनमध्ये एउटा स्किम छान्न पाउने कम्पनीले जनाएको हो ।
डीओ खरिद गर्न चाहने ग्राहकले ६० हजार डाउनपेमेन्ट, १ प्रतिशत व्याजदर र दैनिक १४४ रुपैयाँ किस्तावन्दिको विकल्प छान्न पाउने छन् । स्कुटरको मूल्य कम्पनीले २ लाख १८ हजार ९०० र २ लाख २८ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
यसैगरी नयाँ वर्ष अफर अन्तर्गत स्क्र्याचमा १ लाख रुपैयाँसम्म छुट उपलब्ध हुनेछ । साथै दुई वर्ष सम्म लिन सकिने ८ हजार रुपैयाँ बराबरको फ्रि स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिसिङ सहितको सुविधा वा १० हजार रुपैयाँ सम्म छुट हुने थप स्क्र्याच वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्ष सम्म वार्षिक मर्मत गर्न सकिने सुविधा मध्ये एक छनोट गरी अफर प्राप्त गर्न सकिने कम्पनीको भनाई छ ।
प्रतिक्रिया