चालू आर्थिक वर्षको फागुनसम्ममा करिब ८ खर्ब रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको ८ महिनामा ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको हो । माघसम्मको तुलनामा यो रकम १५ प्रतिशत बढी हो ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । फागुनमा मात्रै १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो वर्षको ८ महिनामा औसतमा ९९ अर्ब मासिक रेमिट्यान्स भित्रिएको तथ्यांकले देखाएकाे छ ।
साथै विदेशी मुद्राको सञ्चिति फागुनमा पनि २० करोड डलरले बढेको छ । फागुन मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति १० अर्ब ७० करोड डलर पुगेको हो । माघमा पनि सञ्चिति २० करोड डलरले नै बढेको थियो ।





























प्रतिक्रिया