नेपाल भित्रिने तयारीमा रहेको एमजीले नयाँ एसयूभी एस्टरको मूल्य सार्वजनिक गरेको छ । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो एसयूभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको हो ।
एमजीले केही दिन पहिले सार्वजनिक गरेको ९९ किलोवाट क्षमताको इलेक्ट्रिक कार जेडएस ईभीको मूल्य पनि ४८ लाख ४९ हजार रुपैयाँ नै थियो । जेडएस ईभी नेपाल आउने घोषणा भइसकेको छ । तर, एस्टरको वारेमा भने कम्पनीले अझै औपचारिक रुपमा जानकारी दिएको छैन ।
आधुनिक डिजाइनमा तयार पारिएको एस्टर हाई–टेक फिचरका कारण लोकप्रिय बनेको छ । यो एसयूभीमा एमजीले आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचर दिएको छ । १ दशमलव ५ लिटर पेट्रोल इन्जिन जडित एस्टको पावर ११० पिएस र टर्क १४४ एनएम छ । यसमा ५ स्पिड म्यानुल र सीभीटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिने कम्पनीको दावी छ । साथै यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम रहेको छ ।
फिचरको कुरा गर्नुपर्दा यसमा एलइडी डिआरएल सहितको एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, निकै नै आकर्षक र वोल्ड लुक्स भएको ग्रिल, १७ दशमलव ८ सेन्टिमिटरको एलसीडी क्लस्टर, २५ दशमलव ७ सेन्टिमिटरको एचडी टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पानारोमिक सनरुफ र अटोमेटिक एसी लगायत पाउन सकिन्छ ।
क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको एस्टर सुरक्षाको मामलमा समेत निकै मजवुत रहेको छ । सेफ्टी फिचरअन्तर्गत यसमा ६ वटा एयरव्याग, एविएस, इविडी, व्रेक एसिस्ट, हिल कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, १४ प्रकारका अटोनोमस फिचर सामेल अटोनोमस ड्राइभिङ लेभल २ र ३६० डिग्री क्यामेरा दिइएको छ ।





























प्रतिक्रिया