उद्योग वाणिज्य महासंघको मतदान आज

उद्योग वाणिज्य महासंघको मतदान आज

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न बिहान ८ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ ।

महासंघको विधानअनुसारअनुसार ६३ पदाधिकारीका लागि निर्वाचन हुने भएपनि कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । आज हुने निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ।

एक वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघईले उमेदवारी दिएका छन् । तीनजनामध्ये एक जना महासंघको वरिष्ठ उपाध्यक्ष चुनिने छन् । त्यस्तै, उद्योग वाणिज्य, वस्तुगत र एसोसिएटमा गरी तीनजना उपाध्यक्षका लागि आठजनाले उमेदवारी दिएका छन् ।

Logo