चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार: राष्ट्र बैंक

चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार: राष्ट्र बैंक

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८०को फागुन सम्ममा चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको जनाएको छ । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।  

समीक्षा अवधिमा चालु खाता रू.४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू.४६० अर्ब ७२ करोडले घाटामा रहेकोथियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडले बचतमा रहेको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।

Skip This
Skip This
Logo