दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड ‘प्रबल जनसेवा श्री’बाट सम्मानित

दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड ‘प्रबल जनसेवा श्री’बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

के एल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड ‘प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन्।  

निर्देशक दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट  विभूषित गरेका हुन् । मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उध्योगी तथा समाजसेवी कुमुद दुगडलाई सो मानपदवी प्रदान गरिएको हो । 

उक्त सम्मान कार्यक्रम यही बैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो । 

दुगड कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पु-याउँदै उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पु-याउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र गर्दै आएका छन् । 

Skip This
Skip This
Logo