एभरेष्ट बैंकको इबिएल टच २४मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

एभरेष्ट बैंकको इबिएल टच २४मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिबले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् । 

यो सेवा सुचारु भएसंगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४  प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, ,मेट्रो सुपर मार्केट ,मेट्रो मार्ट  लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्नसक्ने भएका छन् ।

ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुबिधा भएको यस स्मार्ट क्युआरको सुबिधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुबिधा पुग्ने बिश्वास लिएको छ । 

Skip This
Skip This
Logo