अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा महतले महासङ्घ नेतृत्व वर्तमान वित्तीय तथा आर्थिक समस्याका बारेमा सचेत र जानकार रहेको भन्दै देखिएका समस्या समाधानमा पहल थाल्न आग्रह गरेका छन्।
“वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा केही असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको अवस्था महसुस हुन सक्छ,” उनले भने, “तर, विद्यमान चुनौती सरकार र निजी क्षेत्र मिलेर हटाउन सकिन्छ ।”
सरकारको कामप्रति आफू पनि असन्तुष्ट रहेको बताउँदै मन्त्री महतले राजनीतिक नेतृत्व र प्रशासनिक संरचनाले यो सत्य स्वीकार गरेर अगाडि बढ्नु आवश्यक रहेको बताए।
राजनीतिक विषय र आर्थिक दायित्वबीच तादात्म्य कायम नहुँदा कतिपय समस्या सिर्जना भएको डा. महतको भनाइ थियो । अब यथार्थ विश्लेषण गरेर सरकार र निजी क्षेत्रले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान दिन आवश्यक रहेको उनले बताए ।































प्रतिक्रिया