स्मार्ट टेलिकमको व्यवस्थापन नियन्त्रणमा लिने दुर सञ्चार प्राधिकरणको निर्णय

स्मार्ट टेलिकमको व्यवस्थापन नियन्त्रणमा लिने दुर सञ्चार प्राधिकरणको निर्णय

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि कर भुक्तानी नगरी बक्यौता राखेपछि नियामक नेपाल दुर सञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय भई प्रक्रिया नै अघि बढिसकेको बताए ।

अध्यक्ष खनालका अनुसार अब १५ दिनभित्रमाा प्राधिकरणलाई हस्तान्तरण हुनेछ। सो कार्यको लागि सञ्चालक गोकर्ण सिटौलालाई जिम्मेवारी तोक्ने निर्णय समेत भइसकेको  जनाएकाे  छ ।  

लाइसेन्स खारेज भएपनि उक्त कम्पनीको सेवा भने अबरुद्ध हुने छैन। थप १५ दिन सोही टिमलाई नियमित रुपमा सेवा सञ्चालन गर्न भनिएको र १५ दिनभित्रैमा प्राधिकरणले पूर्ण सञ्चालनमा ल्याउने प्राधिकरणले जनाएको छ। 

Logo