नेपालमा सर्वाधिक रुचाइने टु ह्विलर बाइक वा स्कुटरको होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० शुभारम्भको सुखद् अवसर पारेर आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
“होण्डा चुज योर स्किम” नामक यो योजनाअन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाख रुपैयाँसम्म जित्नुका साथै स्क्र्याच कुपनसँगै ८ हजार रुपैयाँसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ्ग वा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५०० रुपैयाँसम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने कम्पनीले जनाएकाे छ ।
नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होण्डाले एक प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।





























प्रतिक्रिया