बैंक जस्तो विश्वासिलो बन्‍ने प्रयासमा वालेट कम्पनीहरू

बैंक जस्तो विश्वासिलो बन्‍ने प्रयासमा वालेट कम्पनीहरू

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय बैंकिङ कारोबार गर्नेको संख्या दिन प्रतिदिन बढ्दो छ ।

घरमा प्रयोग हुने बिलदेखि बजार, अफिससम्ममा कारोबार भएका सबैको बिल हिजोआज वालेटबाट तिर्ने गरिएको छ । तर, सबैले प्रयोग गर्ने वालेटलाई मानिसले पूर्ण विश्वास गर्न भने सकिरहेका छैनन् । आखिर वालेट कम्पनीले विश्वास नगर्नुको कारण चाहिं के हो त ?

स्मार्ट फोन भएकाहरु प्रायः सबैसँग वालेटको कुनै न कुनै एप डाउनलोड भएकै हुन्छ । तर पनि त्यसबाट हुने आर्थिक कारोबार भने नगन्यमात्रै भएको पाइन्छ ।

‘पे वेल’ वालेट कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्यका अनुसार मानिसले वालेट कम्पनीलाई विश्वास नगर्नुको मूख्य कारण सुरक्षा हो । वालेट प्रयोग गर्न भाषाको ज्ञान नहुनु र सुरक्षित हुन्छ महशुस नगर्नुले वालेटप्रति ढुक्का हुन सकिरहेको अवस्था छैन । बैंकका कर्मचारीसँग सेवाग्राहीको प्रत्यक्ष सम्पर्क हुने भएकाले बढी विश्वसनीय रहेको बताउँदै आचार्यले वालेटका सेवासुविधा, प्रावधान, नियमलगायत सम्पूर्ण विषयबारे जानकारी लिए बैंक जत्तिकै विश्वास गर्न सकिने दाबी गरे ।

‘हामी कहिल्यै वालेट कम्पनीमा भ्रमण गर्न जाँदैनौं । त्यहाँ कसरी काम भैरहको छ भनेर हेर्दैनौं । त्यसैले पनि बैंकको भन्दा विश्वास कम छ ।’ 

उनी भन्छन्, ‘बैंकमा मानिस जहिले जहिले धाइराखेका हुन्छन् । तर, वालेट कम्पनीमा कोही आउँदैनन् । उनीहरुलाई यतिसम्म पनि थाहा हुँदैन कि वालेट कम्पनीको अफिस कहाँ छ ? वालेट कम्पनीले के काम गर्छ ? कसरी काम गर्छ ? वालेट नयाँ भएर पनि होला विश्वास नभएको ।’ 

स्मार्ट फोन भएकाहरु प्रायः सबैसँग वालेटको कुनै न कुनै एप डाउनलोड भएकै हुन्छ । तर पनि त्यसबाट हुने आर्थिक कारोबार भने नगन्यमात्रै भएको पाइन्छ । सुरुमा चलाउने प्रयास गरे पनि सम्पूर्ण सर्त र प्रावधानबारे जानकारी नलिदा सञ्चालनमा समेत पोख्त भएको पाइदैँन ।

पे वेल, इ–सेवा, खल्तीसहितका वालेटहरु राष्ट्र बैंकबाट इजाजत प्राप्त भएको र राष्ट्र बैंकले अनुगमन गर्ने भएकाले ढुक्कसँग कारोबार गर्न पनि आचार्यको सुझाव छ ।  

‘पे वेल’ का सहायक प्रमुख कार्यकारी अधिकृत आचार्य भन्छन्ः बैंकमा त जो कोही जहिले गए पनि आफ्नो पैसा निकाल्न सक्छु भन्ने हुन्छ । तर, वालेटमा हातले छुन सक्ने फिलिङ्स नआउने भएर अथवा भर्चुअल गरेको छ भयो कि भएन भन्ने भ्रम मनमा राखेर विश्वास गर्दैनन् । हामी आफै पनि एउटा कुरा के शंका गर्छौ भने नदेखेको कुरा कसरी भयो त !  फिजिकल रुपमा हामी जे कुराको पैसा तिर्न जान्छौं हामी त्यहाँको सिस्टम देखेर आउँछौं । त्यहाँ के–के भएको छ भनेर देख्छौं । अनि त्यहाँका मान्छेले कार्डमा सबैं लेखेर दिन्छ त्यसपछि हामीलाई ढुक्क हुन्छ । तर, हामी सिस्टमबाट देख्दाखेरी विश्वास नै  गर्दैनौ । हामी कहिल्यै वालेट कम्पनीमा भ्रमण गर्न जाँदैनौं । त्यहाँ कसरी काम भैरहको छ भनेर हेर्दैनौं । त्यसैले पनि बैंकको भन्दा विश्वास कम छ ।’ 

पे वेल, इ–सेवा, खल्तीसहितका वालेटहरु राष्ट्र बैंकबाट इजाजत प्राप्त भएको र राष्ट्र बैंकले अनुगमन गर्ने भएकाले ढुक्कसँग कारोबार गर्न पनि आचार्यको सुझाव छ ।  

Logo