हाइटेक उपकरण र प्रविधियुक्त बुटिक वर्कशप अब धुम्बाराहीमा

हाइटेक उपकरण र प्रविधियुक्त बुटिक वर्कशप अब धुम्बाराहीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको आनन्दनगर, धुम्बाराहीमा नयाँ बुटिक वर्कशप ‘पिटस्टप’ सञ्चालनमा आएको छ । गाडी सम्बन्धी सबै आवश्यकताहरु एकै स्थानबाट पुरा गर्नका लागि  वर्कशप खुलेको बताइएको छ ।

त्यसैगरी जुनसुकै ब्रान्डका पुराना तथा मूल्यवान गाडीहरु रिस्टोरेसन गर्ने सुविधा समेत उपलब्ध हुनेछ भने मोडिफिकेसन समेत हुने भएकाे  छ। कम्पनीको विशेष प्रोजेक्ट ‘युकी ह्यो’ अनुसार सुधार गरेर गाडीको पर्फमेन्स अझ उत्कृष्ट बन्ने छ । 

 

इटेक उपकरण र प्रविधियुक्त पिटस्टपमा गाडीमा लागेको दागहरु ठिक गर्ने, रङ लगाउने, डिटेलिङ गर्ने, सेरामिक कोटिङ, पीपीएफ, भिनाइल -यापिङ, मोडिफिकेसन आदि सेवाका साथै यसका लागि आवश्यक एसेसरिज समेत उपलब्ध हुनेछ।

नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक समेत रहेको वैद्यज अर्गनाइजेसन अफ इन्डष्ट्रिज एन्ड ट्रेडिङ हाउस (भोइथ) को सहायक कम्पनीको रुपमा पिटस्टप इन्कर्पोरेटेड प्रालिको स्थापना भएको हो । कुनै पनि सवारी साधनको बाहिरी वा भित्री भागको जीवनकाल बढाउनका लागि भेइकल रिनोभेसन आर्ट प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

पिटस्टपले सवारी साधनका लागि आवश्यक सेवा मात्र उपलब्ध गराउने नभई नेपाली स्ट्यान्डर्ड अनुसार आवश्यकता बमोजिम मोबिलिटी सोलुसन समेत डिजाइन गर्ने बताएको छ। पिटस्टप शुभारम्भको अवसरमा ग्राहकलाई विभिन्न प्रकारको सेवामा छुट प्रदान गरिएको कम्पनीको जनाएकाे छ ।

Skip This
Skip This
Logo