नबिल बैंकले प्युजो र सिट्रोन गाडी खरिद गर्नका लागि सहजै कर्जा उपलब्ध गराउने भएको छ ।
प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालि र नबिल बैंकबीचको सो सम्झौता पत्रमा दुई संस्थाबीच भएको साे सम्झौता पत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रिलाको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अब नबिल बैंकले प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरु खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंकका देशभरका शाखाहरूबाट ग्राहकहरूले गाडी खरिद गर्न सुलभ ऋण सुविधाहरू सजिलै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ ।































प्रतिक्रिया