नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८० को लागि ‘नयाँ सफर धमाकेदार अफर’ योजना ल्याएको छ।
नयाँ वर्ष २०८० को अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ। यस अफरबाट तीन फाइदा लिन सकिने कम्पनीले जनाएको छ। यसमा ३५ हजार नगद छुट पाइनेछ। साथै, १२ हजार रकम बराबरको बेनेलीको हेल्मेट निशुल्क पाइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्। यसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, २०८०/८१ को वार्षिक सडक कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुने कम्पनीले जानकारी दिएको छ।
यस्तै, १८० एस र टीएनटी २५१ ग्राहकको रोजाई अनुसार मनोरञ्जन र साहसिक यात्राको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। ३०१एस विशेष डिजाइन सहित दुईवटा इञ्जिनले युक्त छ।
बेनेली नेपालले विभिन्न सात मोडलका बाइकहरु बिक्री गर्दै आइरहेको छ। जसमा टीएनटी १५ कम्प्युटरबाट चेक गर्न सकिने फिचर भएको बाइक हो। टीएनटी १५० आईमा राम्रो बनावट, आकर्षक लुक्स, डाउन फोर्क्स र इएफआई सिष्टम उपलब्ध छ।
यी मोडलहरुको मूल्य २ लाख ६४ हजारदेखि २५ लाख १५ हजार रुपैयाँसम्म रहेको छ। कम्पनीले यी मोटरसाइकल अहिले नेपालमा नै एसेम्बल गरी बिक्री गरिरहेको छ। टीएनटी ६०० आई मोटरसाइकल चार सिलिण्डरयुक्त छ। ७२५ एस मा बढी पावरयुक्त इञ्जिनको क्षमता छ। यो महंगो बाइकहरुमा पर्छ।































प्रतिक्रिया