अर्थमन्त्री डा. प्रकाशशरण महतले उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित उर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विद्युत उत्पादनमा निजी क्षेत्रको संलग्नता पछि राष्ट्रिय प्रशारणमा विद्युतको क्षमता थपिनुको साथै माग पूर्तिमा पनि ठूलो सहयोग पुगेको बताएका हुन् ।
उनले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो । जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युतको क्षमता थपियो । जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।’
मन्त्री डा.महतले नेपालमा उर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दै सरकारले लगानीको प्राथमिकतामा उर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।
यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुको साथै घरायासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिने पनि उनको भनाइ थियो ।





























प्रतिक्रिया