६७.२८ प्रतिशतले बढ्यो निफ्राको खुद नाफा

६७.२८ प्रतिशतले बढ्यो निफ्राको खुद नाफा

केन्द्रबिन्दु
0
Shares

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म नेपाल इनफ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा बृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ६७.२८ प्रतिशतले नाफा बृद्धि भएको हो । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब १६ करोड १८ लाख नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६७.२८ प्रतिशतले धेरै हो । बैंकले गत आवको सोही अवधिमा ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको हुनाले खुद नाफामा पनि उल्लेखनिय बृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले बढेर २ अर्ब ४४ लाख रुपैयाँ र सञ्चालन नाफा ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ देखिएको छ । 

यस्तै, बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । गत आवको चैत महिनासम्म ४ रुपैयाँ २९ पैसा रहेको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८८ रुपैयाँले बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १ सय ९ रुपैयाँ १९ पैसा रहेको छ । 

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यसै अवधिमा जगेडा कोषमा १ अर्ब ९८ करोड ५८ लाख ३० हजार छ । चालु आवको चैत मसान्तसम्ममा बैंकले ७९ करोड ६८ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै बैंकले २२ अर्ब ८ करोड ४० लाख ६२ हजार रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

Logo