महासंघले गर्‍याे ब्याजदर घटाउन राष्ट्र बैंकलाई आग्रह

महासंघले गर्‍याे ब्याजदर घटाउन राष्ट्र बैंकलाई आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा रहेको औँल्याउँदै केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए । 

बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको अध्यक्ष ढकालले बताए ।  निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीले कर्जाको साँवा-ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुर्नतालिकीकरणको सुविधा दिन उनले राष्ट्र बैंकलाई आग्रह गरेका छन् । वार्तामा गभर्नर अधिकारीले महासंघका सुझावलाई सकारात्मक रूपमा लिएर कार्यान्वन गर्ने आश्वासन दिए । 

Logo