राजश्व संकलनमा तदारुकता देखाउन कर्मचारीहरुलाई अर्थमन्त्री महतको आग्रह

राजश्व संकलनमा तदारुकता देखाउन कर्मचारीहरुलाई अर्थमन्त्री महतको आग्रह

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व संकलन गर्ने जिम्मेवारी लिएका कर्मचारीलाई तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । 

बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले बिभिन्न परिस्थितिजन्य अवस्थाका कारण यसपटक राजश्व संकलन निकै कम भएकोले संकलन भएको राजस्व दाँज्दा प्रगति निकै कम भएको बताएका हुन् । 

उनले अगाडि भने, ‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो ।’

राजश्व कम संकलन हुनुको सम्पूर्ण दोष आफू राजस्वका कर्मचारीको हो भनेर नभन्ने भन्दै उनले राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजिगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको पनि प्रष्ट रहेको बताए । 

Logo