सिटिजन्स बैंकको खुद नाफा घटेको छ । बैंकको खुद नाफा २२.२४ प्रतिशतले घटेर चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले १ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १९.५४प्रतिशतले सुधार भएपनि खराब कर्जाका लागि प्रोभिजनिङ बढेपछि सञ्चालन नाफा प्रभावित भएको छ । सञ्चालन नाफा १९.२३ प्रतिशतले घटेपछि खुद नाफामा पनि गिरावट आएको हो । चैत मसान्तसम्म यस बैंकको खराब बढेर ३.९६प्रतिशत पुगेको छ । गत वर्ष यसै अवधिमा भने १.७२ प्रतिशत रहेको थियो ।
































प्रतिक्रिया