नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत वैशाख महिनाभर बिमा शुल्कको नवीकरण ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहक तथा अभिकर्तालाई प्रविधिमार्फत कार्य गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो अफर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ईसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएस, आईएमई पे र प्रभुपेसँग कम्पनीले सम्झौता गरेको छ । ‘कम्पनीका ग्राहकले घरै बसीबसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।’ नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमण पराजुलीले भने ।
घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथसाथै कारोबार सुरक्षित उनले बताए । ‘आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित छ’ पराजुलीले भने ।
२०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षको अवधिमा विभिन्न आरोह–अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा–सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।































प्रतिक्रिया