ज्योति विकास बैंकको नाफा घट्दा प्रतिसेयर आम्दानीमा पनि गिरावट

ज्योति विकास बैंकको नाफा घट्दा प्रतिसेयर आम्दानीमा पनि गिरावट

केन्द्रबिन्दु
0
Shares

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद नाफा ६०.९१ प्रतिशतले घटेर २० करोड १६ लाख रुपैयाँमा झरेको हो । 

गत वर्षको यसअवधिमा बैंकले ५१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकले वितरण गर्न योग्य रहेको नाफा पनि २७ करोड रुपैयाँले ऋणात्मक रहेको छ । 

चैत मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २१.९३ प्रतिशतले बढ्दा सञ्चालन नाफा ६०.९२ प्रतिशतले घटेको हो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९९ पैसाले घटेर ६ रुपैयाँ १२ पैसा (वार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ८० पैसा रहेको छ ।

Skip This
Skip This
Logo