रुश युक्रेन युद्ध एवं अन्तर्राष्ट्रिय अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार राष्ट्रिय मुद्दा सरोकार समुह (सिजिएनआई) नेपालद्वारा आयोजित कार्यक्रम त्रिभुवन विश्वविद्यालयको आर्थिक विभागका केन्द्रीय अध्यक्ष डा. सिव अधिकारी , राष्ट्रिय हित परराष्ट्र नीति तथा रणनीतिक मामिला सह -संयोजक डाक्टर खगनाथ अधिकारी लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा सह -संयोजक अधिकारीले रुशले युक्रेनमाथि गरेको आक्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा जटिल प्रभाव पारेको बताए ।
उनले भने,‘रुशले युक्रेनमाथि गरेको आक्रमणको धेरै प्रकारका प्रभाव छन् ।
आर्थिक र राजनीतिक मात्र होइन। आर्थिक, राजनीतिक ,समाजी, अन्तर्राष्ट्रिय सम्बन्ध,मानवीय प्रभाव पनि छन् । र यसको अन्तर्राष्ट्रिय सम्बन्धमा पर्ने प्रभाव सबै भन्दा बढी जटिल छ।’युद्धले विश्वको आर्थिक र राजनीतिक मात्र नभई आर्थिक, राजनीतिक ,समाजी तथा मानवीय प्रभाव समेत पु-याएको उनको भनाई छ ।





























प्रतिक्रिया