नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनको दशौँ स्थापना दिवस सम्पन्न

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनको दशौँ स्थापना दिवस सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनको दशौँ स्थापना दिवसको अवसरमा  निगमले  विभिन्न कार्यक्रम गरि मनाएको छ। 

निगमको केन्द्रिय कार्यालयमा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री  रमेश रिजालको प्रमुख आथित्यतामा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले दशौँ स्थापना दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

दशौँ स्थापना दिवसकाे अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले नेपाल आयल निगमका कर्मचारीहरुको अहोरात्र खटाईबाट पेट्रोलियम पदार्थको सहज आपूर्ति भई रहेमा धन्यवाद व्यक्त गर्दै, प्रजातान्त्रिक प्रणालीबाट मात्रै ट्रेड युनियनको सम्मान हुने हुदा आफु सधै श्रमजीबी कर्मचारीको पक्षमा रहेको बताए।

उक्त कार्यक्रममा निगमका कार्यकारी निर्देशक ई उमेश प्रसाद थानी, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिब योगेन्द्र कुँवर, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र दाहाल, नेपाल आयल निगम संघका अध्यक्ष मधुमास पुनले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता युनियनका केन्द्रिय अध्यक्ष बिकास बखतीले गरेका थिए ।

सो अवसरमा युनियनका संस्थापक केन्द्रिय सदस्य एबं निगमका निवर्तमान  निर्देशक नेत्र प्रसाद काफ्लेलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । साथै, सोही अवसरमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको गत महिना सम्पन्न महाअधिवेशनबाट निर्वाचित भएका राष्ट्रीय समिति अध्यक्ष राजेन्द्र दाहाललाइ सम्मान गरिएकाे छ ।  

त्यस्तै पदाधिकारी तथा सदस्यहरूलाई र निगमको यूनियनबाट प्रतिनिधित्व गर्दै नेपाल सार्वजनिक सेवा कर्मचारी संघको महाअधिवेशनबाट राष्ट्रीय समिति, प्रदेश समिति तथा जिल्ला समितिमा निर्वाचित भएका सबैलाई  सम्मान गरिएको थियो ।

Skip This
Skip This
Logo