येज्दी मोटरसाइकलका तीन मोडल नेपाली बजारमा भित्रिँदै [मूल्य र फिचरसहित]

येज्दी मोटरसाइकलका तीन मोडल नेपाली बजारमा भित्रिँदै [मूल्य र फिचरसहित]

केन्द्रबिन्दु
0
Shares

महिन्द्रा ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले नेपाली बजारमा येज्दी मोटरसाइकल भित्र्याउने भएको छ । कम्पनीले नेपालमा पहिलोपटक छिट्टै तीनवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको सूचनाहनुसार सो ब्राण्डका येज्दी रोडस्टर, येज्दी स्क्र्याम्बलर र येज्दी एड्भेन्चर मोडल बजारमा भित्रिने तयारीमा छन् । 

येज्दीको क्रुजर मोटरसाइकल रोडस्टर नियो–रेट्रो डिजाइन स्टाइलको साथ उत्कृष्ट देखिन्छ । यो मोटरसाइकल तीनवटा कलरमा लन्च गरिएको छ । यसको सिंगल सिलिन्डर लिक्विड कुल्ड युनिटले २९.७ पीएस आउटपुट र २९ एनएम टर्क जेनेरेट गर्छ ।

साथै नेपाली बजारमा भित्रिने येज्दी स्क्र्याम्बलरमा ३३४ सीसी सिंगल सिलिन्डर ४ स्ट्रोक लिक्विड कूल्ड डीओएचसी युनिट प्रयोग गरिएको छ । यो ६ कलरमा उपलब्ध छ । यसमा एलईडी हेडलाइट, टेललाइट, टर्न इन्डिकेटर, क्लियर लेन्स र गोल आकारको एलसीडी डिजिटल डिस्प्ले जडान गर्नुका साथै टाइप सी चार्जिङ प्वाइन्ट जस्ता फिचर पनि उपलब्ध छ । 

यसैगरी येज्दी एड्भेन्चर मोटरसाइकलमा एलईडी हेडलाइट युनिट, एलसीडी डिजिटल डिस्प्ले दिइएको छ । यस बाइकमा ३३४ सीसी सिंगल सिलिन्डर ४–स्ट्रोक लिक्विड कुल्ड डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३०.२ पीएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ । सो मोटरसाइकलमा ६ स्पिड गियरबक्स जडान गरिएको छ । 

कम्पनीका अनुसार नेपाल भित्रिने येज्दी रोडस्टर, येज्दी स्क्र्याम्बलर र येज्दी एड्भेन्चरका मोटरसाइकलको मूल्य क्रमशः  ९ लाख १६ हजार देखि ९ लाख २५ हजार रुपैयाँसम्म, ९ लाख ४८ हजार देखि ९ लाख ५६ हजार रुपैयाँसम्म र ९ लाख ९६ हजार र ९ लाख ९८ हजार रुपैयाँ तोकिएको छ ।

Skip This
Skip This
Logo