एनआइसी एसिया लघुवित्तको वार्षिक साधारण सभा आज आइतबार बसेको छ। साभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई करसहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदैछ ।
यस्तै, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि प्रस्तुत हुने छ ।साधारण सभा होटल गजुर, मोटेपुल धरानमा बस्दैछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १ गतेदेखि बुक क्लोज गरिसकेको छ । जसअनुसार कम्पनीमा चैत ३० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया